
काठमाडौं, ३० फागुन । भ्रष्टाचार आरोप लागेका पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बद्री न्यौपानेले आफूसँग अदालतले तोकेको जरिवाना तिर्ने पैसा नरहेको भन्दै धुरूधुरू रोएका छन् ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय साथै २० करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने फैसला सुनाएको थियो ।
निर्णय प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई भने अदालतले सफाइ दिएको थियो । पूर्वमन्त्री न्यौपानलेले काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेको भन्दै रुँदै जरिबाना तिर्न नसक्ने बताएका हुन् ।
उनले आफू भाइको घरमा शरणार्थी बसेकोले धरौटी पनि राख्न नसक्ने र सर्वोच्च अदालत जाने हैसियत पनि आफूसँग नभएको बताएका हुन् ।
आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको उनले बताएका छन् ।















प्रतिक्रिया