२ कार्तिक २०८३, सोमबार

जुम्ल्याहा बच्चाका बुबा बन्दैछन् मेयर बालेन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बुबा बन्दैछन् ।

उनी जुम्ल्याहा बच्चाको बुबा बन्न लागेका हुन् । भिडियो एक्सरेका क्रममा बालेनकी श्रीमती सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएको हो ।

बालेन र मोरङकी सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो । मेयर बालेन हाल लण्डन भ्रमणमा छन् ।

उनी कार्यक्रमका लागि चार सदस्यीय टोलीको नेतृत्व गर्दै लण्डन गएका हुन् ।