३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड र शेरबहादुर विदेशीको इसारामा नाच्न थाले, देश बनाउने शक्ति एमाले नै हो : रघुवीर महासेठ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३० फागुन । नेकपा एमालेका सचिव रघुवीर महासेठले देश विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत पर्साको वीरगञ्जमा हिजो सोमबार आयोजित अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ मधेस प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीको इसारामा चलिरहेकाले देश विकासका लागि एमालेकै नेतृत्वमा सरकार चाहिने बताएका हुन् ।

वर्तमान दश दलीय गठबन्धन विदेशीको इसारामा बनेको र यसले विदेशीकै हितमा काम गर्ने उनको भनाइ छ । वर्तमान दश दलीय गठबन्धन विदेशीको इसारामा बनेको र यसले विदेशीकै हितमा काम गर्ने उनको विचार छ ।

महासेठको प्रमुख आतिथ्यता र महासंघका प्रदेश संयोजक गजेन्द्र प्रसाद पटेलको अध्यक्षता सम्पन्न अधिवेशनले पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा ननीपत सहनी र चितरञ्जन यादव, सचिवमा भगवान लाल पटेल तथा कोषाध्यक्षमा किरण ठाकुर चयन भएका छन् । यस्तै, सदस्यहरूमा सुढु चौरसिया, मुक्ति चौहान, राजेन्द्र साह, सरोज जयसवाल, मलिया देवी, जमुना साहलगायत चयन भएका छन् ।

अधिवेशनमा पार्टी पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेशका सह–ईञ्चार्ज सुमन प्याकुरेल पनि सहभागी थिए ।