
काठमाडौं, ३० फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति राति १२ बजेबाट प्रचारप्रसारमा निषेध गरिएको छ ।
मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइँदैन ।
यसैगरी, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन ।















प्रतिक्रिया