३० आश्विन २०८३, शुक्रबार

माओवादी घटकहरूको संयुक्त अन्तरक्रिया कार्यक्रम स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । माओवादी घटकहरूले आज मंगलबार आयोजना गर्नेगरी तयारी गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

स्थगित भएको कार्यक्रम केही दिनपछि आयोजना गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरूको बैठकले द्वन्द्वकालीन घटनाको सन्दर्भमा फगुन २८ गते संयुक्त पत्रकार सम्मेलन र फागुन ३० गते अर्थात् आज अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार उनीहरूले संयुक्त पत्रकार सम्मेदन निर्धारित समयमै सम्पन्न गरिसकेका छन् ।

तर, संयुत्त: अन्तरक्रिया कार्यक्रम भने आज अन्तिम समयमा आएर रोकिएको हो । काठमाडौंमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक, विचारक तथा नागरिक समाजका अगुवासँग परामर्श गर्ने तयारी थियो ।

द्वन्द्वकालीन मुद्दामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकहरू यस मुद्दालाई किनारा लगाउन लागि परेका छन् ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दायर गर्ने अनुमति दिएपछि माओवादी घटकहरूले फागुन २३ गते संक्रमणकालीन न्यायको मुद्दालाई टुंगो लगाउन एकजुट हुने सामूहिक प्रतिवद्धता जाहेर गरेका थिए ।

संक्रमणकालीन मुद्दा सर्वोच्चले हेर्न नहुने भन्दै उनीहरुले प्रतिवाद गर्दै आइरहेका छन् । प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्चले १५ दिनभित्र कारण देखाउ आदेश दिइसकेको छ । सर्वोच्च अदालत प्रचण्डको जवाफको पर्खाइमा छ ।