
काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा बधाई दिएकी छिन् ।
सोमबार पद तथा गोपनीयताको शपथ लिएका नेपालका तेस्रो राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्रमार्फत आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।
पत्रमा उनले नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरिएको उल्लेख गरेकी छिन् । उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहीआएको र दुई देशका नागरिकबीचको सम्बन्ध महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन् ।
राष्ट्रपति पौडेलको कार्यकालमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी उनले द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको पनि बधाई सन्देशमा उल्लेख गरेकी छिन् ।
















प्रतिक्रिया