
रोल्पा, ३० फागुन । रोल्पामा आगलागी हुँदा घर र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
जिल्लाको परिवर्तन गाउँपालिका–२ बिप्रेगारे बस्ने ५० वर्षीय नन्दबहादुर डाँगीको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ११ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिए पनि घरभित्र रहेका सामग्री जलेर नष्ट भएको छ । घटना सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया