१ कार्तिक २०८३, आइतबार

मोडल अनु पराजुलीको अभिनयमा पशुपति शर्माको ‘कलेजी छेऊ खायो’ सार्वजनिक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । गायक पशुपति शर्मा र गायिका कला पंगेनीको स्वरमा नयाँ लोक दोहोरी गीत ‘मायाले कलेजी छेऊ खायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पंगेनीको आफ्नै युट्युब च्यानलबाट सार्वजानिक भएको हो ।

माया प्रेमको आधारित ८ मिनेट १० सेकेन्डको लोक दोहोरी गीतको भिडियोमा लोकप्रिय अभिनेतृ तथा मोडल अनु पराजुलीको साथमा गायक शर्मा आफै देखिएका छन् ।

गीतको भिडियो प्रविन थापाले निर्देशन गरेका हुन् । पछिल्लो समय मोडल पराजुलीको म्युजिक भिडियोहरु दर्शकमाँझ लोकप्रिय बन्दै गएको छ ।