३० आश्विन २०८३, शुक्रबार

एमालेको संगठन सुदृढीकरणमा मिसन ग्रासरूट अभियान कोसेढुंगा सावित हुने विश्वास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), २९ फागुन । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको समृद्धिको यात्राका लागि पार्टीको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट कोसेढुंगा सावित हुने बताएका छन् ।

कास्कीको पोखरामा आज प्रेस चौतारी नेपालको गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख समेत रहेका गुरूङले मिसन ग्रासरूटले पार्टीभित्र रहेको अराजकताको अन्त्य गर्दै थप सुदृढ र सुविचारित बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले प्रेस चौतारीलाई सक्षम पत्रकारहरुको संगठन बनाउनुपर्नेमा पनि जोड दिएका छन् । पार्टीका संगठनलाई चुस्त राख्नुपर्ने र जनसंगठनहरुमा देखिएका कमीकमजोरीहरुको खोजी र निराकण गर्नुपर्ने उनको धारणा छ ।

बैठकलाई नेकपा एमालेका गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, पार्टीका तर्फबाट प्रेस चौतारीका ईञ्चार्ज रामकृष्ण ज्ञवाली, सचिव शुष्मा पौडेल र इन्द्र पौडेल लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदै सूचना र सञ्चारको युगमा दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरूले आत्मसाथ गर्न सक्नुपर्ने बताए ।