२ कार्तिक २०८३, सोमबार

महिलालाई असफल हुने छुट छैन: मन्त्री शर्मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नारी अनलाइन पत्रिकाको शुुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको भन्दै महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्ने बताएकी हुन् ।

मन्त्री शर्माले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको धारणा राखिन् । मन्त्री शर्माले जुनसुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गरिन् ।

उनले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राखिन् ।

त्यस्तै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन् ।