
काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीले पौडेललाई सपथ गराएका हुन् ।
सपथ समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत राजनीतिक दलका शीर्षनेताहरुको सहभागीता रहेको थियो ।
समारोहमा निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईसमेत गरिएको थियो ।















प्रतिक्रिया