२ कार्तिक २०८३, सोमबार

२५ कम्पनी कालोसूचीमा परे, कुन-कुन कम्पनी परे ?

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौं, २९ फागुन । २५ वटा कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा परेका छन् ।

अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीहरूमा नन्दकिशोर शाहको विकास निर्माण सेवा ३ वर्षको लागि, राजेश प्रसाद चौहानको विजनेश नेपाल कन्सल्टेन्सी प्रा.लि., जगत बहादुर जोराको राष्ट्र सेवा निर्माण सेवा ३ वर्षका लागि कालोसूचीमा राखेको छ।

यस्तै,आशिष कुमार खत्रीको आकाश एन्ड पवन कन्स्ट्रक्सन, अहमद हुसेन कन्स्ट्रक्सन, गुप्ता निर्माण सेवा, के.पी कन्स्ट्रक्सन, अनुष्ठान कन्स्ट्रक्सन, भोलेबाबा कन्स्ट्रक्सन, दिब्य टेक्नोलोजी, डिमल्यान्ड मेटल इन्डस्ट्रिज, डाइनोकेम इन्टरनेशनल, गण्डकी हनी कन्सर्न कम्पनी पनि कालोसूचीमा परेका हुन् ।

त्यस्तै कार्की किचेन, निग्बो निङसिङ, पी.आर कन्स्ट्रक्सन, पप्पु पल्ल जेभी, सम्बुद्ध सप्लायर्स, सिरुवा कन्स्ट्रक्सन कम्पनी, सुरज जेनरल अर्डर सप्लायर्स, युनाइटेड एग्रो इन्जिनियरिङ र वाई पी कन्स्टक्सन कालोसूचीमा परेका छन् ।