२ कार्तिक २०८३, सोमबार

सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको प्रतितोला एक लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।