
काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छोड्दैछिन् ।
उनको कार्यकाल सकिएसँगै आज उनले निवास छोड्न लागेकी हुन् । आजबाट शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बस्नेछन् ।
आज सपथग्रहणसँगै पौडेल शीतल निवास छिर्नेछन् भने राष्ट्रपति भण्डारी बाहिरिनेछिन् । राष्ट्रपति भण्डारी शीतलनिवास छोडेर तत्कालका लागि छोरीको घरमा बस्न जाने बुझिएको छ ।
बूढानीलकण्ठस्थित भण्डारीको घरमा मर्मत चलिरहेकाले उनी तत्कालका लागि बानिँयाटारस्थित छोरीको घरमा जाने भएकी हुन् ।















प्रतिक्रिया