२ कार्तिक २०८३, सोमबार

मेयर बालेन आज लण्डन जाँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) आज लण्डन जाँदै छन् ।

भोलि मंगलबारदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साहसहित ४ सदस्यीय टोली साँझ लण्डन जान लागेको हो ।

टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेका छन् ।