
काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको जारी खेलमा नेपालले पहिलो विकेट लिएको छ ।
नेपालका लागि ललित राजबंशीले पहिलो विकेट लिएका हुन् । ललितले ३.४ ओभरमा पीएनजीका किप्लिन डोरिगालाई आउट गरेका हुन् ।
THERE GOES THE FIRST WICKET! 👏
Lalit Rajbanshi right into the business, continues his form from yesterday! #CWCL2 #NEPvPNG #weCAN pic.twitter.com/lpi2TAndWG— CAN (@CricketNep) March 13, 2023
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ३.४ ओभरमा पीएनजीले एक विकेट गुमाउँदै ५ रन बनाएको छ ।
आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३४ खेलमा ३६ अंकका साथ चौथो स्थानमा छ । विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले आजको खेलसहित दुई खेल जित्नु पर्नेछ ।















प्रतिक्रिया