३० आश्विन २०८३, शुक्रबार

सरकारविरुद्ध बैंक तथा वित्तीय समस्या संघर्ष समितिको प्रदर्शन (फोटो फिचर)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सरकारविरुद्ध बैंक तथा वित्तीय समस्या संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

बैंकको ब्याजदर घटाउनुपर्ने तथा सहज रुपमा कर्जा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

मोरङ्ग व्यापार संघका अध्यक्ष समेत रहेका बैंक तथा वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले व्यवसायीहरूलाई सहज तरिकाले कर्जा उपलब्ध नगराएमा सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिए । बैंकले दिने कर्जामा एकल अंकको ब्याजदर कायम हुनुपर्ने पनि उनले बताएका छन् ।

‘सरकार र बैंक तथा वित्तीय संस्थाहरूको मनोमानी जबसम्म कायम रहन्छ तबसम्म सडकमै बसिरहन्छौँ,’ संयोजक रिजालले भने, ‘राज्यले आज पनि हाम्रा मागहरूको सुनुवाइ गर्दैन भने भोलिदेखि हामी राष्ट्र बैंकअगाडि धर्ना दिन्छौँ । त्यसो गर्दा पनि नभए व्यवसायको तालाचावी सरकारलाई बुझाउनुको विकल्प हामीसँग अब केही पनि छैन ।’ राष्ट्र बैंकको तीन वर्षदेखिको गलत नीतिका कारण अहिले समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ ।