३० आश्विन २०८३, शुक्रबार

अब माइसेटको निःशुल्क वाइफाइ चलाउनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Internet...

मेलम्ची, ७ जेठ । विनाशकारी भूकम्पपछि जिल्लाका अधिकांश स्थान सञ्चार सम्पर्कविहीन भइरहेका बेला मेलम्ची क्षेत्रमा रेडियो मेलम्चीको प्रयासमा माइसेट फाउन्डेसनले एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

यही जेठ १ गतेदेखि सुरु भएको वाइफाइ सेवा जेठ महिनाभर निःशुल्क प्रदान गरिनेछ ।

विनाशकारी भूकम्पपछि देशविदेशमा सम्पर्क गर्न कठिनाइ भएको तथा समाचार आदानप्रदानमा असहज भएको भन्दै निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको माइसेट फाउन्डेसनका अध्यक्ष सिर्जन श्रेष्ठले बताउनुभयो ।

“हामीसँग उपलब्ध स्रोत साधनको भूकम्पपीडित जनताले पनि उपभोग गर्न पाउन भनेर हाइस्पिड इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएको माइसेटका प्रतिनिधि रञ्जित साहले जानकारी दिनुभयो ।”

फ्रि वाइफाइ मेलम्ची, दुबाचौर, तालामाराङ, चनौटेलगायत बजारमा चलाउन सकिने रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताउनुभयो । रासस