
काठमाडौं, २८ फागुन । जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नगर्ने निर्वाचन आयोगको निर्णयपछि जसपाले अर्की उम्मेदार प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।
जसपाबाट दुई जनालाई उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए ।
आइतबार बिहान जसपा संसदीय दलका नेतासमेत रहेका यादवको उम्मेदवारी कायम रहने निर्णय निर्वाचन आयोगले गरेपछि प्रमिलाको उम्मेदवारी फिर्ता गराउने भएको हो ।
यसअघि यादवको उम्मेदवारीविरूद्द आयोगमा उजुरी परेको थियो ।















प्रतिक्रिया