
काठमाडौं, २८ फागुन । विवेकशील साझा पार्टीले १४ जना केन्द्रीय सदस्य थप गरेको छ ।
१४ जना थप गरिएसँगै पार्टीको केन्द्रीय समिति ६५ सदस्यीय भएको छ । बैठकले १४ जना केन्द्रीय सदस्य थप गरेको हो ।
थपिएका केन्द्रीय सदस्यहरुमा सुरज प्रधान (भक्तपुर), सुरेन्द्र रानाभाट(काठमाडौं), नवराज थापा (गोरखा), रुस्तम अन्सारी (बारा), सूर्यदीप रेग्मी ‘दीपक’ (कर्णाली), चक्र न्यौपाने (ज्येष्ठ नागरिक/काठमाडौं), निर्जला कक्षपती (महिला), हरिश भट्ट (सुदूरपश्चिम), धनेज थापा (उमेदवार/काठमाडौं) छन्।
यसैगरी सरोज गौतम (युवा/गण्डकी), मिलन परियार (ललितपुर), निरन्जन चापागाईं (काठमाडौं), शिशिर बन्जारा ( युवा/गण्डकी) र चन्द्र श्रेष्ठ (महिला) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको विवेकशील साझाले जानकारी दिएको छ ।















प्रतिक्रिया