३० आश्विन २०८३, शुक्रबार

आरआर क्याम्पसमा उम्मेदवारी दर्ता गर्दा नै विद्यार्थीहरूबीच खुकुरी हानाहान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस मा खुकुरी हानाहान भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा विवाद भएपछि आज शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।

नेकपा एकीकृत नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थीले एमालेनिकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले खुकुरी आक्रमणबाट आफ्ना तीन जना विद्यार्थी घाइते भएको जानकारी दिएका छन् ।

उनका अनुसार राज न्यौपाने, अनिल बोहोरा र बिवेक गैरे घाइते भएका छन् । खडकाले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको र त्यसक्रममा खुकुरी प्रहार भएको बताएका छन् ।

स्ववियु निर्वाचनअन्तर्गत आ शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।