३० आश्विन २०८३, शुक्रबार

जसपाबाट उपराष्ट्रपतिमा रामसहायले गराए उम्मेदवारी दर्ता, प्रमिलाले पनि गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।

जसपाबाटै नेत्री प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छिन् ।

यसअघि एमालेबाट पार्टी उपाध्यक्ष एपम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ ।