३० आश्विन २०८३, शुक्रबार

नौ दलीय भनेर बोलाइएको सत्ता गठबन्धनको बैठक यसरी बन्यो १० दलीय

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज शनिबार बिहान गठबन्धन दलहरूको बैठक बोलाइएको थियो ।

बैठकमा नौ वटा दलको सहभागिता रहने बताइएको थियो । तर, बैठक सुरू हुँदा १० दलीयमा परिणत भयो । आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि नौ दलको बैठकमा सामेल भएपछि सत्तागठबन्धन अब १० दलीयमा परिणत भएको हो ।

सत्ता गठबन्धनमा धेरै दलहरू समावेश भएकै कारण आज बसेको बैठकले उद्देश्यअनुरुपको निर्णय गर्न सकेन र सत्तागठबन्धनकै तर्फबाट उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् । साझा उम्मेदवार तय गर्ने बैठकको उद्देश्य भए पनि साना दलहरूको तीव्र आकांक्षा तथा ठूलो दलको पेलान प्रवृत्तिका कारण सहमति जुट्न सकेन ।

त्यसो त ठूला दलले संविधानको व्यवस्था र निर्वाचन आयोगले गरेको ‘उपराष्ट्रपतिमा अब महिला नै हुनुपर्ने’ भनेर गरेको निर्णय समेत लत्याउने कोशिष बैठकमा भएको थियो । त्यसपछि साना दलहरूले संविधानको व्यवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयलाई आधार मानेर आ–आफ्नो दाबीमा अडान कायम राखेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी, नागरिक उम्मुक्ति, जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।