
काठमाडौं, २६ फागुन । नेकपा एमालेले यही फागुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियान देशका सम्पूर्ण पालिका र पालिकाअन्तर्गतका वडाहरूमा जारी छ ।
शुक्रबार ९ वटा जिल्लामा भएका विभिन्न गतिविधिहरू हामीलाई प्राप्त भएका छन् ।
कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारी र पार्टीको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा उक्त पालिकाबाट जिल्ला र प्रदेशमा प्रतिनिधित्व गर्नुहुने नेताहरू र गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमले पार्टीको केन्द्रीय अभियानलाई प्रभावकारी रूपले अगाडि बढाउने विभिन्न कार्यक्रमसहितको कार्ययोजना तयार गरेको गण्डकी प्रदेश कमिटी प्रचार विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका–४ मा मिसन ग्रासरुटअन्तर्गत वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता वडा कमिटीका अध्यक्ष धर्मराज खत्रीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

वडाका हाकु, गौतमबाडा, गिडीखोला, नियापानी, पायाँबाडा र पत्थेनीका अगुवा कार्यकर्ता सहभागी रहनुभएका भेलामा प्रमुख अतिथि रिजालसँगै, एमाले जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यद्वय शान्ता शाही र मेनका पछाई, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला कमिटी सदस्यहरू पदम खत्री, चन्द्रलाल न्यौपाने, गुम्ब डॉगी, प्रदेश सल्लाहकार कमिटी सदस्य मोतिराम नेपाली, वडाध्यक्ष अमर रोकाय, पालिका कमिटी अध्यक्ष पूर्ण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा माओवादी परित्याग गरी लछु सार्की र मन्सुरे सार्की एमालेमा प्रवेश गर्नुभएको थियो । भेलाले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गर्दै त्यसका लागि जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । आठवटा वडा रहेको तातोपानीमा चारवटा वडामा कार्यक्रम सम्पन्न भएको छ भने चार वडामा बाँकी छ ।
सल्यान
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत सल्यानको कपुरकोटमा टोल टोलबाट विवरणहरू संकलन भइरहेको छ । कपुरकोट गाउँपालिकामा एमालेका केन्द्रीय प्रतिनिधी राम प्रसाद बराल सहित जिल्लास्तर र पालिका स्तरका नेता कार्यकर्ताहरू खटिनुभएको छ ।

वडा नम्बर ४, ५ र ६ का विभिन्न वस्तीमा कार्यक्रम सम्पन्न गरेको एमालेले मंगलबार कपुरकोट ३ स्थित मुलपानीमा कार्यकर्ता भेटघाट गरेको हो । आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने तथा सदस्यता नवीकरण, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने लगायतका विषयमा अभियान केन्द्रीत रहेको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी बताउनुभयो ।
मूलपानीमा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधी बरालले नयाँ गतिका साथ एमाले अब अगाडि बढ्ने बताउनुभयो । उहाँले देशको रक्षा गर्ने र विकासलाई गति दिने पार्टी नेकपा एमाले मात्रै भएकाले यो पार्टीलाई तल्लो तहदेखी नै बलियो बनाउनुपर्ने उहाँको धारणा छ ।
कार्यक्रममा एमाले कपुरकोट गाउँपालिका कमिटीका सदस्य टिकाराम बुढाथोकी, वडा नम्बर २ का पार्टी कमिटी अध्यक्ष नवराज बुढा, वडा नं ५ का पार्टी कमिटी उपाध्यक्ष लालसिंह वली लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
हुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत हुम्लाको अनादचुली गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका वडा र सेल कमिटीको बैठक सम्पन्न भएको छन् । पार्टी केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि निरज आचार्यको आतिथ्यतामा पाँचवटा वडाको बैठक सम्पन्न भएको हो ।
बैठकमा अभियानमार्फत पार्टी सदस्यता नवीकरण, वितरण, संगठन सुदृढीकरण र विस्तारका लागि टोल स्तरीय कार्ययोजना निर्माण गरिएको छ । कार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि वडा नम्बर १ मा ३ वटा, वडा नम्बर ३ मा ३ वटा, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा २ गरेर ११ वटा सेल कमिटी गठन भएको छ ।
अभियानमा प्रदेश कमिटी सदस्य विष्णु बुढा, अदानचुली गाउँकमिटीका इन्चार्ज धर्मराज शाही (बिस्तार), सहइञ्चार्ज रंग थापा, पार्टी प्रदेश कमिटीका प्रचार विभागका उपप्रमूख तथा जिल्ला कमिटी सदस्य नवराज महतारा, जिल्ला कमिटी सदस्य रमेश ऐडी, नन्द महतारा, गोर शाही, बलबहादुर बुमी, दिपबहादुर रोकाया, विष्णु बुढा, दाने बुढा, अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारी लगायतका नेताहरू परिचालित हुनुभएको छ ।
रामेछाप
नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापको दोस्रो जिल्ला सम्मेलन मन्थलीमा सम्पन्न भएको छ । सम्मेलनको नेकपा एमाले केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइञ्चार्ज निरु दर्लामीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सम्मेलन उद्घाटन गर्दै दर्लामीले अधिकार प्राप्तिको लागि आदिवासी जनजाति संगठित भएर अघि बढ्नुपर्ने नत्र अधिकारको कुरा नारामा मात्र सीमित रहने बताउनुभयो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव पेम्बा गुरुङ भोटेले नेपालको संविधान २०७२ बाट नेपाली नागरिकले धेरै कुरा प्राप्त गरेका बताउनुहुँदै यो काम नेकपा एमालेको अगुवाइमा भएको प्रष्ट पार्नुभयो ।

नेकपा एमालेलाई सत्ताबाट विमुख गराउने प्रयत्न गर्दा पनि एमालेप्रतिको जनविश्वास नगुमेको उहाँले धारणा व्यक्त गर्नुभयो । महासंघका उपमहासचिव देवराज राई, कोषाध्यक्ष प्रेम श्रेष्ठ, एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, प्रेम तामाङ, लव श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, महासंघका नेताहरू सूर्य माझी, सोम लामा लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्यहरू, जिल्ला उपाध्यक्ष इन्द्र तामाङ, सचिव पुरुषोत्तम कँडरिया, उपसचिवहरू प्रकाशकुमार कार्की, होतराज ढकाल, पार्टीका पालिका कमिटी अध्यक्षहरू तथा महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनले भीमबहादुर श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
लमजुङ
मिसनग्रासरुट अभियानअन्तर्गत आज नेकपा एमाले जिल्ला कमिटी लमजुङको विभागीय प्रमुखहरूको बैठक बसेको छ ।
नेकपा एमाले लमजुङका अध्यक्ष एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा, जिल्ला कमिटीका सचिव शुभाष पौडेल, उपसचिव जितबहादुर गुरुङ र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले २२ वटै विभागको बैठक तय गर्नुको साथै स्ववियु निर्वाचनको बारेमा छलफल र चैत २४ गते पार्टी कार्यालयमा ११ बजे विभागीय सदस्यहरूको संयुक्त भेला गर्ने निर्णय गरेको छ ।
रूकुम पश्चिम
यसैबीच, मिसन ग्रासरुट अभियानअन्तर्गत रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ मा नगर कमिटी अध्यक्ष दिनेश चन्दको अध्यक्षतामा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकमा जिल्ला कमिटी सदस्यद्वय तिलकबहादुर पुन र प्रेम पुन, नगर कमिटी सचिव धिरेन्द्र जंग शाह, युवा संघ नगर कमिटी अध्यक्ष विशाल विक, नगर कमिटी सदस्यद्वय दुर्गा पुन र गोर्ख पुन मगर उपस्थित हुनुहुन्थ्यो । बैठकले फागुन ३० गते गते वडा अधिवेसन गर्ने निर्णय गरेको छ । यस्तै, मातहतका कमिटीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन पनि दिइएको छ ।
ललितपुर
आज नेकपा (एमाले)बागमती गाउँपालिका कमिटीको विस्तारीत बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष नवराज सञ्जेलको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले मिसन ग्रासरुट अभियानअन्तर्गतका वडास्तरीय कार्यक्रम तय गरेको छ । बैठकमा प्रदेशबाट जिम्मेवारी तोकिएका मधुसुधन पौडेल, राजेन्द्र श्रेष्ठ, चेतनाथ संजेल र जिल्ला कमिटीका सदस्यहरूको उपस्तिथि रहेको थियो ।
रसुवा
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत आज रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेकपा एमाले गोसाइकुण्ड गाउँ कमिटीको बैठक बसेको छ । कमिटीका अध्यक्ष दावा मिंगमार तामाङको अध्यक्षतामा बसेको बैठकमा पार्टी सल्लाहकार परिषदका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य, पार्टी जिल्ला अध्यक्ष, उपसचिब लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले ६ वटा वडाको विभिन्न कार्ययोजना निर्माण गरेको छ । यस्तै, पालिकास्तरीय पार्टी प्रशिक्षण तथा वनभोज कार्यक्रम गर्ने निर्णय पनि भएको छ । यस्तै, मिसन ग्रासरूट अभियानको लागि पार्टीले निर्देशन गरेको मर्म र भावना अनुरूप पालिकास्तरीय र वडास्तरीय सदस्यहरूको जिम्मेवारी बॉडफाड गरिएको छ ।















प्रतिक्रिया