३० आश्विन २०८३, शुक्रबार

चार कम्युनिस्ट पार्टीले गरे संयुक्त मोर्चा घोषणा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । विभिन्न चार वटा कम्युनिष्ट पार्टीहरूले संयुक्त मोर्चाको घोषणा गरेका छन् ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न चार वटा पार्टीले ‘समाजवादी देशभक्त मोर्चा’ गठन गरेको घोषणा गरेका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्वमा स्वाधिनताको नेतृत्व गर्ने बताए । उनले भने, ‘हामी सहमत भएका छौँ । एकरुपतामा गएका छौँ कि, यो संयुक्त मोर्चामा समाजवादी, देशभक्त संयुक्त मोर्चा जुन बनेको छ हाम्रो यो मोर्चाले देशको विकेन्द्रित स्थितिलाई एकतावद्ध गर्ने पहल गर्नेछ ।’

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ । अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुने उनले बताए । केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने बताइएको छ ।