३० आश्विन २०८३, शुक्रबार

एमालेनिटक अनेरास्ववियुले नि:शुल्क शिक्षा र शिक्षामा राज्यको लगानी वृद्धिको पहल गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र नि:शुल्क शिक्षाका लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनकेन्द्रित घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने, संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पुर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने र शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने, ७७ वटै जिल्लामा कम्तीमा त्रिविको एउटा आंगिक क्याम्पस स्थापनाको पहल गर्नेलगायत उल्लेख छ ।