
काठमाडौं, २६ फागुन । नेपालमा एउटा उखान प्रचलित छ । जुन जोगी आए पनि कानै चिरेका ।
यही उखानलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको व्यवहारले सत्य सावित गरेको छ । शुक्रबार पशुपतिनाथको दर्शन गर्न पुगेका राष्ट्रपति पौडेल यसअघिका राष्ट्रपतिहरु झैँ नै सडक खाली गराएर गए ।
राष्ट्रपति निर्वाचित हुनुभन्दा अघिसम्म तामझाम गर्ने, सडक खाली नगराउने बताएका पौडेलको व्यवहार राष्ट्रपति बनेपछि ठिक उल्टो देखिएको हो ।

पौडेल पशुपतिमा पूजा गर्न र त्यहाँबाट बीपीको सालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएपछि ट्राफिक जाममा फसेका सर्वसाधारणले हर्न बजाएर विरोध गरेका छन् ।
उनी पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो। पौडेल बिहान ९ बजेतिर पूजाका लागि पशुपति पुगेका थिए।

उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। राष्ट्रपतिको सवारीका क्रममा सडक नै खाली गराउने प्रचलनबाट सर्वसाधारणले सडकमा सास्ती बेहोर्दै आएका छन्।















प्रतिक्रिया