१ कार्तिक २०८३, आइतबार

‘रबर स्ट्याम्प’ संसदबाट चिनियाँ राष्ट्रपतिमा पुन: सी जिनपिङ चयन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । चिनियाँ नेता सी जिन्पिङले देशको ‘रबरस्ट्याम्प’ संसद्‌बाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन्।

यससँगै हुने शक्ति सञ्चयले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन्। सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि उनी अध्यक्ष माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन्।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको भूमिका धेरैजसो आलङ्कारिक रहने गरेको छ। ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् ।

सी जिनपिङले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण हाल चीन आर्थिक सङ्कटको सामना गरिरहेको छ ।