३० आश्विन २०८३, शुक्रबार

मोबाइलबाटै गर्न सकिन्छ भूकम्प पीडितलाई सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

admirenepal-dainiknepal

– विश्वास खड्काथोकी

काठमाडौं, ६ जेठ । नेपालका महाभूकम्प पीडितका एक सय रुपैंया अभियान शुभारम्भ गरिएको छ ।

काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा एड्मायर नेपालले ‘एक अभियान’ शुभारम्भ गरेको हो । नेपालका विभिन्न क्षेत्रका चर्चित हस्तीहरुले एसएमएसमार्फत अभियानको आरम्भ गरेका थिए ।

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, महानायक राजेश हमाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, म्यागसेसे पुरस्कार विजेता महावीर पुन, सीएनएन  हिरोकी विजेता अनुराधा कोइराला र शिक्षासेवी उत्तर सञ्जेलले यो अभियानको संयुक्त आरम्भ गरे ।

महानायक हमालले नेपालजस्तो मुलुकका लागि यो राम्रो र उपयुक्त सुरुवात भएको बताए । उनले भने, ‘विश्वाशिलो सरकार नभएको कारण राहत दिन चाहनेहरु अलमलमा छन् । विदेशबाट कति साथीहरुले तपाईँमार्फत रकम पठाउँछु भन्छन् । यस्तो बेला यो अभियान निकै उपयोगी हुनेछ । र, मानिसहरुले केही रकम दिएर पनि सन्तोष प्राप्त गर्नेछन् ।’ हमालले सरकार बिश्वासिलो नभएको छाप परे पनि सरकारलाई बलियो बनाउनुको बिकल्प नभएको बताए । अहिले सरकारलाई ‘बेनिफिट अफ डाउट’को रुपमा सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि आफ्नो इच्छा अनुसारको रकम सहयोग गरी सन्तोषको श्वास फेर्न आग्रह गरे । उनीहरुले विनाशकारी भूकम्पलाई अवसरको रुपमा लिई सम्पूर्ण नेपालीहरु एक भई सुन्दर नेपाल बनाउन जाग्नु पर्ने बताए ।

थोरै रकम भए पनि सहयोग गर्न चाहनेहरुका लागि र राहत अभियानमा सबै नेपालीलाई सहभागी बनाउनको लागि एक अभियानको शुरुवात गरेको अभियानका संयोजक रवि लामिछानेले बताए । ‘हामीले धेरै शंका गर्‍यौँ, तर अब सहयोग र काम गरौँ’, लामिछानेले भने, ‘संसारभर छरिएका नेपालीहरुलाई समेट्ने र एकताको एउटै सुत्रमा बाँध्ने गरि यस बृहत् अभियानको शुरुवात गरेका छौँ, यसमा सबै सहभागी बनौँ ।’ उनले एक जनाले, एक मिनेट समय निकाली एक सय सहयोग गर्न पनि आग्रह गरे ।

admire-nepal

यसरी गर्न सकिन्छ सहयोग

तपाईँ भूकम्प पीडितका कम्तीमा एक सय रुपैयाँ सहयोग गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा हेल्प टाइप गर्नुहोस् । अनि १५१०० मा एसएमएस गर्नुहोस । यसो गर्दा तपाईँको मोबाइलमा एक सय रुपैयाँ ब्यालेस काटिनेछ, जुन रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा गएर जम्मा हुनेछ ।

यदि तपाई विदेशमा हुनुहुन्छ भने एडमायरनेपालडटकम लगअन गरी एक अभियानको लोगाोमा क्लिक गर्नुहोस् । त्यसो हुँदा कम्तीमा एक डलर सहयोग गर्नुहोस् ।