३० आश्विन २०८३, शुक्रबार

एमालेको मिसन ग्रासरुट : जिल्ला र पालिकापछि वडास्तरमा केन्द्रित, आज कहाँ के भयो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अब दोस्रो चरणमा प्रवेश गरेको छ ।

जिल्ला र पालिकास्तरका कार्यक्रमहरू सम्पन्न भएसँगै अभियान अब वडा र गाउँ–गाउँमा केन्द्रित हुन थालेको छ ।

धादिङ

नेकपा (एमाले) जिल्ला कमिटी धादिङद्वारा आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट केन्द्रीत अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा मदन–आश्रित स्मृति भवन, धादिङवेशीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रममा पार्टी कमिटी सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सदस्य खेम लोहनी, रूपननरायण श्रेष्ठ, कैलाश ढुंगेल लगायत अभियानमा खटिनु भएका नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अभियानको उदेश्य, पार्टीको आगामी कार्यदिशा र कार्यकर्ताले खेल्नुपर्ने भूमिकाकाबारेमा प्रशिक्षण दिनु भएको थियो । फरक प्रसंगमा उपाध्यक्ष पाण्डेले देशको आर्थिक अवस्था अझ बिग्रने संकेत देखिएको बताउनुभयो ।

काठमाडौं

काठमाडौंको गोकर्णेश्वर नगर कमिटीको मिसन ग्रासरूट कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष उद्वव विष्टको अध्यक्षतामा पार्टीद्वारा सञ्चालित पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सचिव बिष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउनुहुँदै मिसन ग्रासरूट अभियानले पार्टीको आन्तरिक जीवन बलियो र प्रभावकारी बनाउन सबै क्रियाशील भएर लाग्न आव्हान गर्नुभयो ।

समृद्ध नेपाल निर्माण अभियानको लागि नेकपा एमाले बलियो पार्टी बन्नु पर्ने र पार्टी बलियो बनाउनका लागि ग्रासरुट अभियान सुरु गरिएको बताउनुभयो । अभियानबाट पार्टी व्यवस्थित र सुदृढ बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पार्टीहरू जनताको बिचबाटै स्थापित हुने भएकाले एमाले जनताको बीचमा जान लागेको विष्टले प्रष्ट पार्नुभयो । एमाले सरकारमा हुँदा पार्टीको वरिपरि घुम्ने र सरकारमा नहुँदा कोही पनि नहुने पार्टी हुन नसक्ने बताउँदै सचिव विष्टले एमालेको विकल्प फेरी पनि एमाले नै भएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य रचना खडकासहित प्रदेश सदस्यहरू उर्मिला कर्माचार्य, मिठाराम अधिकारी, रवीन्द्र पण्डित क्षेत्री, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला सदस्य श्रृजन शर्मा लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो ।

कास्की

नेकपा एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गन पोखरा महानगरपालिकाका तीन वटा वडाको बैठक सम्पन्न भएको छ । वडा नम्बर १०, २५ र २६ मा एमाले वडा कमिटी बैठक सम्पन्न भएको हो ।

केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यता र वडा नम्बर १० मा सूर्यबहादुर थापा, २५ मा ऋषिराम पौडेल र वडा नम्बर २६ मा आरसी तिमिल्सिनाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रीय सदस्य अधिकारी लगायतका नेताहरूले प्रशिक्षण दिनुभएको थियो । यस्तै, बैठकले अभियानअन्तर्गतका आगामी कार्ययोजनाहरू तय गरेको छ ।

नवलपुर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तिब्रता दिएको छ । नवलपुर जिल्लामा हाल सम्म ६ वटा पालिकामा पालिकास्तरीय भेला सम्पन्न भएको छ । जिल्लाको देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिकार बुलिङटार गाँउपालिकाको विस्तारीत बैठक सम्पन्न भएको छ भने बिहिबार देखी केही पालिकाहरूको वडाभेला समेत शुरु भएको छ ।

अभियानअन्र्तगत आज नवलपुर जिल्लाको पाहाडी बुलिङटार गाँउपालिकामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान)को थालनी गरीएको छ । पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता र एमाले बुलिङटार गाँउ कमिटीका अध्यक्ष मनवीर पुलामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अभियानका लागि पालिका कमिटिले चैत्र पहिलो हप्तादेखी ग्रासरुट संचालन गर्ने निर्णय गरेको अभियानका लागी गण्डकी प्रदेश कमिटीका प्रतिनिधि एवम् गण्डकी प्रदेश कमिटी सदस्य गोपेन्द्र केशरी न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेकाअनुसार ग्रासरुट अभियानलाई प्रभावकारी बनाउन गाँउ कमिटीका पदाधिकारी र कमिटी सदस्यहरूलाई वडाको जिम्मेवारी प्रदान गरीएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख अतिथि घलेले पार्टीलाई चलायमान बनाउन र तल्लो तह सम्म पुर्‍याउन अभियान संचालन गरीएको बताउनुभयो । उहाँले पार्टीलाई जीवन्त क्रियाशिल बनाउन सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान, वडा तथा टोल कमिटी गठन, पुर्नगठन गर्दै पार्टीलाई चलायमान बनाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य टंकनाथ गिरी, एमाले जिल्ला उप सचिव दोय यमनाथ आचार्य र भीम कँडेल, जिल्ला सचिवालय सदस्य दिपकचन्द्र बस्ताकोटी र श्याम श्रेष्ठ, जिल्ला कमिटि सदस्यहरू विद्रोही गिरी, कृष्ण नोपाली, शालिकराम वाग्ले, छविलाल ओझा लगायतको उपस्थिती रहेको थियो ।

जुम्ला

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको सबैभन्दा विकट पाताराजी गाउँपालिका वडा नम्बर १ मा एमाले वडा कमिटी गठन भएको छ । एमाले केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही नेशनलको प्रमुख आथित्यतामा कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्षमा परे चयन हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा कालिका बुढा, सचिव लाल बहादु बुढा, उपसचिवद्दय रामचन्द्र ऐडी र बुद्धि ऐडी सहितको २७ सदस्यीय कमिटी गठन गरिएको हो । नवगठित कमिटीलाई केन्द्रीय प्रतिनिधि शाही र प्रदेश कमिटी सदस्य जय बहादुर खत्रीले सपथग्रहण गराउनुका साथै प्रशिक्षणसमेत दिनुभएको थियो । यसैक्रममा स्याला गडीगाँउमा ६ जना पार्टी सदस्यले सदस्यता नवीकरण गरेका छन् भने १० जनाले नयाँ पार्टी सदस्यता लिएका छन् ।

नुवाकोट

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नुवाकोटको एमाले दुप्चेश्वर गाउँपालिका कमिटीको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य माधवप्रसाद अर्यालको प्रमुख आतिथ्यता र वडाअध्यक्षसमेत रहेका कमिटीका अध्यक्ष मैतबाहादुर तामाङ (प्रेम) को अध्यक्षतामा समुन्द्रटारमा बैठक बसेको हो ।

बैठकले चैत ११ गतेसम्म वडा तहको बैठकको आयोजना गर्ने लगायत अभियानको विविध कार्ययोजना तय गरेको छ । बैठकमा जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्यहरू बलराम आचार्य, अजितमान तामाङ, गोकर्णराज पाठक, जिल्ला कमिटी उपसचिव काशिराज अधिकारी, निलकण्ठ आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।

काठमाडौं

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्ववियू निर्वाचन केन्द्रीत बृहत् भेला आयोजना गरेको छ ।

त्रिवि कमिटीका अध्यक्ष शम्भु भट्टको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य एवम् अखिलका पुर्ब अध्यक्षद्वय माधव ढुङ्गेल र किशोर बिक्रम मल्ल, अनेरास्ववियूका निवर्तमान उपाध्यक्ष आर सी लामिछाने, उपाध्यक्ष मर्यादा बिस्ट, सचीव आरती भट्टराई र विश्वविद्यालय केन्द्रीय पूर्व नेताहरूको उपस्थिति रहेकोे थियो । भेलाले याइशाष याशिर खम्बुको सम्योजकत्वमा १११ सदस्यीय अखिल फोर्स र सन्जु माया सुब्बाको संयोजकत्वमा ५१ सदस्यीय महिला अखिल फोर्स गठन गरेको छ ।

बाँके

मिसन ग्रासरूट अभियानअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–८ फत्तेनगरमा नेकपा एमाले वडा कमिटीको बैठक सम्पन्न भएको छ ।

केन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष रूपलाल खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले टोल कमिटी विस्तार, सदस्यता नवीकरण, अभियानअन्तर्गत घर दैलो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको छ । बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य गौतमसहित नन्द बिश्वकर्मा, महेश्वरी गौतम, सनत आचार्य, जगबहादुर कामी, सुमन मल्ल, कौसिला कठायत लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

बाँके

यसैगरी, मिसन ग्रासरूट अभियानअन्तर्गत नै बाँकेकै खजुरा गाउँपालिका वडा नम्बर–६ उढरापुरमा एमाले वडा कमिटीको बसेको छ ।

पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले टोल कमिटी बिस्तार र गठन, सदस्यता नवीकरण, घरदैलो कार्यक्रम र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला अध्यक्ष कक्षपति, नेताहरू नन्द बिश्वकर्मा, भिम ओली, लिलबहादुर नेपाली, कौशिला कठायतलगायतले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १५० जना नेता/कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो ।

रामेछाप

नेकपा एमाले मिसन ग्रासरुटअन्तर्गत रामेछापको सुनापति गाउँपालिकाका विभिन्न वडामा विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार सुनापति–३ को हिलेदेवीमा वडाको विस्तारित बैठक सम्पन्न भएको छ । एमाले रामेछाप जिल्ला उपसचिव प्रकाशकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले वडाका सबै वस्तीमा संगठन विस्तारको कामका साथै सदस्यता नवीकरणको काम तीव्र रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले टोल कमिटी गठन तथा पुनर्गठन, जनवर्गीय संगठनका कमिटी गठनलगायत काम गर्ने निर्णय पनि गरेको छ । यसैगरी, वडा नं १ गुन्सी, वडा नं २ दिमीपोखरी, वडा नं ४ वेथान र वडा नं ५ खनियापानीमा पनि वडा कमिटी बैठकहरू सम्पन्न भएका छन् । बैठकले टोलसम्म कमिटी गठन/पुनर्गठन र सदस्यता नवीकरण तथा वितरणको कामलाई अघि बढाउने निर्णय गरेको छ ।

कोशी प्रदेश

पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा आज वडास्तरीय बैठकहरू सम्पन्न भएका छन् । बैठकले आगमी कार्ययोजना निर्माण गरी पार्टीको साङ्गठानिक गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

झापाका सबै पालिकाहरूमा आज वडास्तरका बैठकहरू सम्पन्न भई कार्ययोजनाहरू निर्माण गर्ने काम भएको जिल्ला पार्टी कार्यलयका सचिव छविलाल माझीले बताउनुभयो । त्यसैगरी संखुवासभा पाँचखपन नगरपालिका, मकालु गाउँपालिकामा पनि बिहीबार वडास्तरी बैठकहरू सम्पन्न भई कार्ययोजना निर्माण गरिएको जिल्ला पार्टी अध्यक्ष खडग राईले जानकारी दिनुभयो ।

पाँचखपन नगरपालिकामा अभियानलाई सफल बनाउन केन्द्रीय सदस्य टिकाराम चेम्जोङ, तथा जिल्ला स्तरीय नेताहरू मुरारी खतिवडा, विपीन तमाङ्गलगायत नेताहरू खटिनु भएको छ ।

त्यस्तै मकालु गाउँपालिकामा केन्द्रीय सदस्य पासाङ शेर्पा, पार्टी जिल्ला अध्यक्ष जीत बहादुर घिमीरे र सुभाष भोटे लगायतका नेताहरू खटिनु भएको छ । संखुवासभामा सिलिचोङ र चिचिला गाउँपालिकाबाहेक अन्य सबै पालिकाहरूमा पालिकास्तरीय बैठकहरू सम्पन्न भइसकेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

त्यसैगरी उदयपुरमा अनेमसङ्घ उदयपुरले जिल्लास्तरीय महिला भेला सम्पन्न गरेको छ भने जिल्लाका विभिन्न पालिकाहरूमा बिहीबार वडास्तरीय बैठकहरू सम्पन्न भएको पार्टी जिल्ला कमिटीले जनाएको छ । त्यस्तै खोटाङमा बिहीबार युवा सङ्घ नेपाल खोटाङको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

त्यस्तै जिल्लाको सबै पालिकास्तरीय बैठकहरू सम्पन्न भई विहीबारदेखि वडास्तरीय बैठकहरू सुरु भएको एमाले खोटाङ जिल्ला कमिटीका अध्यक्ष रामप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत खोटाङमा जनसङ्गठनका वडास्तरीय सम्मेलनहरू बिहीबार देखिनै सुरु भएका छन् । बिहीबार कतिपय पालिकाका वडाहरूमा सदस्यता नवीकरणको काम सम्पन्न भएको बताइएको छ ।

त्यस्तै मोरङको मिक्लाजुङमा गाउँपालिकामा मिसन ग्रासरुट अभियान र ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिकास्तरीय महिला भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पार्टीको केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मी भण्डारीले अभियानलाई सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।