३० आश्विन २०८३, शुक्रबार

मतदान सकेर ट्रमा सेन्टर पुगे माधव नेपाल

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्गट्रपति निर्वाचनमा मतदान गरे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।

राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिदा संसद भवनमै चिप्लिएर घाइते भएका आफ्ना सांसद गोविन्द न्यौपानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी ट्रमा सेन्टर पुगेका हुन् ।

सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहीबार बिहान नयाँबानेश्वरस्थित संसद भवनको सिँढीमा चिप्लिएर घाइते भएका थिए ।

घाइते सांसदको टाउकोमा चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।