३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति निर्वाचन : उम्मेदवारद्वय पौडेल र नेम्वाङले अंकमाल गर्दै यसरी साटे शुभकामना (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । मुलुकको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान करिब सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म संघीय संसदका ३३२ मध्ये ३१३ जनाले र प्रदेशतर्फ ५५० जनामध्ये ५१८ जना मतदाताले मतदान गरिसकेका छन् ।

मतदान स्थलमा सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको छ । मुलकको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् ।

मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउने भन्दै एकअर्कालाई शुभकामना दिएका छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुन: उम्मेदवार हुन् नसक्ने संविधानमा उल्लेख छ ।