३० आश्विन २०८३, शुक्रबार

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई वटा महत्वपूर्ण विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ उक्त विधेयकहरुलाई अघि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयकलाई अघि बढाउने जानकारी दिइन् । शान्ति प्रक्रियाका बाँकी काम ६ महिनाभित्रै सक्ने भनिए पनि विभिन्न कारणले ढिलाई भएकाले अब यसलाई तीव्र रुपमा अघि बढाइने उनले बताएकीछिन् ।

प्रवक्ता शर्माले शान्तिसम्झौताका विषयलाई अदालतको विषय बनाउने काम उचित नभएको जिकिर गर्दै अघिल्लो सरकारले अघि बढाएको विधेयक संसद्को कार्यकाल समाप्त भएपछि निष्कृय भएको बताइन् ।

मन्त्रीपरिषदले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।