
काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि काम गर्नेहरुले यसअघि राष्ट्रपतिको विरोध गरेको टिप्पणी गरेका छन् ।
बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले राष्ट्रपतिको मर्यादा नगर्ने, राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने र स्वार्थका लागि काम गर्नेहरुले देशका लागि अडेर काम गर्दा विरोध गर्ने गरेको बताए ।
यसअघिको दुई राष्ट्रपति मध्ये पछिल्लो राष्ट्रपतिले अत्यन्तै राम्रो काम गरेकाले नै स्वार्थी तत्वहरुले धेरै विरोध गरेको ओलीको भनाइ छ ।
ओलीले नयाँ राष्ट्रपतिले देशको हित, लोकतन्त्रको रक्षा र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने बताए ।















प्रतिक्रिया