
काठमाडौं, २५ फागुन । आसिफ शेखले एकदिवसीय क्रिकेटमा एकहजार रन बनाएका छन् ।
बिहीबार काठमाडौंको कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरूद्दको खेलमा एक हजार रन पूरा गरेका हुन् ।
उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । यो सँगै आसिफ एकदिवसीय खेलमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि नेपालका लागि रोहित कुमार पौडेलले एक हजार रन बनाएका थिए ।















प्रतिक्रिया