३० आश्विन २०८३, शुक्रबार

नेपालको उड्डयन क्षेत्रमा इतिहास रच्ने महिला क्रू मेम्बरहरूलाई एमाले अध्यक्ष ओलीको बधाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उड्डयन क्षेत्रमा इतिहास रच्ने महिला क्रु मेम्बरहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

आज बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले पाइलट भावना गिरि र को–पाइलट सिर्जना रावतसहितको महिला क्रु मेम्बरहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

‘इतिहास रचेर फर्कियो पाइलट भावना र को–पाइलट श्रृजनाको टीम । अघि बढ्दैछन् नेपाली महिला ! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो । यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतलगायत उहाँहरूको टीमलाई हार्दिक बधाई !,’ ओलीले लेखेका छन् ।

नेपाल वायु सेवा निगमका पाइलट गिरी र को–पाइलट रावतसहित सबै महिला क्रू मेम्बरहरूले यूएईको सफल उडान गरी महिला दिवसकै दिन नेपाल फर्किएका छन् । उनीहरूले नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेको हो ।

युएईबाट आज बिहान काठमाडौं आएको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको हो । विमानमा एयरहोस्टेसहरूमा बास्ना राना, पुरञ्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति छन् ।

यसअघि दुबई काठमाडौंका लागि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर, सबै क्रू–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो । यसलाई नेपालको उड्डयन क्षेत्रमा नयाँ इतिहासका रुपमा चर्चा गरिएको छ ।