३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ : कमल थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकका लागि सदैव अविस्मरणीय रहनुे बताएका छन् ।

आफ्नो कार्यकालमा राष्ट्रपति भण्डारी लिएका विभिन्न अडानले संविधानको रक्षाका साथै मुलुकको समेत हित गरेको चर्चा गर्दै थापाले राष्ट्रपति भण्डारीबारे सकारात्मक टिप्पणी गरेका हुन् ।

‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ । तर, राष्ट्रहितविपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ ।’