२ कार्तिक २०८३, सोमबार

अघिल्लो कार्यकालको सफलतापछि भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाइएको हो: अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सफल रहेकाले दोस्रो पटक पनि भण्डारीलाई नै राष्ट्रपति बनाइएको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भण्डारीको अघिल्लो कार्यकालको सफलता, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको बताएका हुन् ।

‘७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत हैसियतमा सेवा गर्नुभयो । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो,’ अध्यक्ष ओलीले भने ।

महिलाहरुको आन्दोलनबाट हुर्किएर भण्डारी राष्ट्रपति बनेकोमा महिलाहरुले गौरव गर्नुपर्ने धारण व्यक्त गरे ।