
काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे भोलि (बिहीबार) मात्रै निर्णय गर्ने भएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचन भोलि नै हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्।















प्रतिक्रिया