२ कार्तिक २०८३, सोमबार

बुधबार एक हजारले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा एकहजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।