२ कार्तिक २०८३, सोमबार

मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भन्ने प्रचारमा सत्यता छैन: प्रधानमन्त्री प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा सोलुखोला दूधकोशी जलबिद्युत आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारकोतर्फबाट स्वीकृति नदिएको बताएका हुन् ।

मुस्ताङको चर्चा आउने बित्तिकै सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रचण्डले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने धारणा राखे ।

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने उनको भनाइ छ ।