
चन्द्रौटा, २२ फागुन । शिवराज नगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी चन्द्रौटा बिटलाई रू. ४७ हजार बारबरको सामग्री हस्तान्तरण गरेको छ ।
नगर प्रमुख अजय थापाले सवारी शिवराज नगरपालिको बजार क्षेत्र चन्द्रौटा बजार केही समय अगाडि अस्तव्यस्त भएको र नगरपालिकाको पहलमा सूचना जारी गरी सडक अतिक्रमणक हटाइएकाले बजारलाई थप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको बताए । नगर प्रमुख थापाले बजार क्षेत्र चन्द्रौटा व्यवस्थित गर्न ट्राफिक प्रहरीले गरेको प्रयास सराहनीय रहेको बताए ।
सामग्री वितरण गर्दे थापाले अब प्रत्येक विद्यालयका बालबालिकाहरूलाई ट्राफिक व्यवस्थापनका लागि नगरपालिका र ट्रफिक प्रहरीको सहयोगमा ट्रफिक सचेतना कार्यक्रम विद्यालयहरुमा छिट्टै सञ्चालन गरिने बताए ।
पार्किड व्यवस्थित नहुँदा सवारी दुर्घटना सम्भावनासँगै चन्द्रौटा बजार कुरुप बन्दै गएकोले ट्राफिक व्यवस्थापनमा सहजताको निम्ती ट्राफिकलाई सामग्री वितरण गर्नु काम धैरे राम्रो र स्वागतयोग्य भएको युवा व्यवसायी विष्णु हमालले बताए ।
ट्राफिक प्रहरी नायब निरीक्षक राघब सिंह राठौर नगरपालिकाले उपलब्ध सामाग्रीले यस क्षेत्रमा अव्यवस्थित सवारी साघनलाई लक लगाई कार्वाहिको दायरमा ल्याउने बताए । ट्रफिक व्यवस्थापनमा सहज हुने सामग्री कोनले बजार एरियामा गाडी पार्किड गर्न सहज हुने र पार्किड व्यवस्थापनमा सहज हुने बताए ।
शिवराज नगरपालिका चन्द्रौटा क्षेत्रलाई विस्तारै व्यवस्थापन गर्दै सुन्दर नगरी र राम्रो बजार बनाउने गरी नयाँ सोचका साथ काम अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।















प्रतिक्रिया