
काठमाडौं, २२ फागुन । सर्वसाधारण उपभोक्ताको भान्सामा गोलभेडा छिर्न नसकिरहेको बेला काठमाडौंमा गोलभेडाको होली खेलिएको छ ।
ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न भन्दै गोलभेडाले होली खेल्ने कार्यक्रम आयोजना गरेको हो ।
स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसंगै आयोजना गरिएको आयोजकको भनाइ छ । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो ।
नेपाललाई सधैंरी पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ ।
हेरौँ तस्वीरहरू–


























प्रतिक्रिया