
काठमाडौं, २२ फागुन । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा गर्ने बताएका छन् ।
आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमा नेम्वाङले आफूले संविधानको रक्षा गर्ने बताएका हुन् ।
‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु । तपाईंको शीर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ । मैलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको हुँ ।’
उनले कांग्रेसका सभापति देउवाले समेत राष्ट्रपतिमा उपयुक्त पात्र भएको बताएको सुनाए । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्ने देउवाको भनाइ रहेको नेम्वाङको भनाइ छ ।
उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई भेटेको बताएका छन् ।















प्रतिक्रिया