३० आश्विन २०८३, शुक्रबार

दक्षिणपन्थी घेराबन्दी तोड्न एमाले सक्षम छ : निर्मल भट्टराई

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २२ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले एमालेविरुद्ध हाल भइरहेको दक्षिणपन्थी घेराबन्दी र प्रहारलाई तोडेर पार्टी अगाडि बढ्न सक्षम रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका कमिटीले आइतबार आयोजना गरेको मिसन ग्रासरूट अभियानअन्तर्गतको भेलालाई सम्बोधन गर्दै उनले एमालेविरूद्ध जति जति घेराबन्दी र प्रहार हुन्छ, सोही रूपमा पार्टी एकजुट र शक्तिशाली बन्ने बताएका हुन् ।

एमालेले श्रमजीवी जनताको साथ र समर्थन पाइरहेको चर्चा गर्दै उनले एमालेलाई सक्ने कसैको ताकत नरहेको बताए । कसैले एमाले सक्छु भन्छ भने त्यो भ्रम हुने टिप्पणी केन्द्रीय सदस्य भट्टराईको थियो ।

भेलामा प्रदेश कमिटी सदस्य पुरुषोत्तम प्याकुरेल, हेम गंगा मोक्तान, गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामालगायतले पार्टीको ग्रासरुट अभियानका विविध आयामको चर्चा गरेका थिए । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले मिसन ग्रासरूट अभियानको पूर्ण सफलताले पार्टीको आगामी भविष्य तय हुने बताए ।

गाउँपालिका कमिटी अध्यक्ष प्रदीप भण्डारीको अध्यक्षतामा सम्पन्न सो भेलाले दुई महिना सो गाँउमा गरिने कार्यक्रमबारे विभिन्न सात वटा निर्णय गरेको छ । अभियानमा सदस्यता नवीकरण, वडा भेला, जनसंगठनको संयुक्त भेला, वैचारिक प्रशिक्षण, सेल्टरदाताको सम्मान गरिनेलगायत गतिविधि गरिने भएको छ ।