
काठमाडौं, २२ फागुन । उच्च अदालत बार एशोसिएसन पाटनले नेकपा माओवादी केन्द्रले अदालतमाथि हस्तक्षेप गरेको बताएको छ ।
उच्च बारका सचिव रवीन्द्रकुमार ढुंगानाले हिजो आइतबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति चर्त्सना समेत गरेका छन् ।
न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको उनको भनाइ छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया