३० आश्विन २०८३, शुक्रबार

चुनावले राजनीतिक समस्या समाधान नगरेपछि मुलुक अस्थिरतामा गयो : पद्मा अर्याल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २२ फागुन । नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले मंसिर ४ गते सम्पन्न आम निर्वाचनले मुलुकको राजनीतिक समस्या समाधान गर्न नसक्दा देश अस्थिरतातर्फ भासिएको बताएकी छिन् ।

पार्टीले सञ्चालन गरिएको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आइतबार नेकपा एमाले चापाकोट नगर कमिटीको आठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताका लागि पनि अर्को चुनावबाट नेकपा एमालेले बहुमत ल्याउनुपर्ने बताएकी हुन् ।

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याई मुलुकमा स्थायित्व ल्याउनका लागि जारी मिसन ग्रासरुट अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन् ।

केन्द्रीय प्रतिनिधिका रुपमा समेत खटिएकी अर्यालको प्रमुख आतिथ्यतामा बैठक नगर कमिटीको बैठक बसेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य राजिव पहारी, जिल्ला कमिटीका अध्यक्ष सूर्य गैरे (पारस), गण्डकी प्रदेश कमिटी सदस्य बुद्दिमान श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।