
काठमाडौं, २२ फागुन । नेकपा (एमाले) निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले द्धन्द्धकालिन मुद्धामा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का विरुद्ध आन्दोलन गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सरकार चलाउन सुझाव दिँदै अध्यक्ष बडालले राष्ट्रहित विपरित गरिने काममा खबरदारी र आन्दोलन गर्न आफूहरु तयार रहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष बडालले भनेका छन्ः
प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ।कसका बिरुद्ध -आफैं विरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?तपाइं सरकार चलाउनुस! राष्ट्रहित विपरित गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं !











प्रतिक्रिया