काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको समयमा पीडित जनतालाई सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृत्ति आपराधिक कार्य भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले बुधबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितका लागि रकम सहयोग गर्न आएका विभिन्न संस्थाका प्रतिनिधिहरूको बीचमा बताउनुभएको हो ।
उहाँले अपराध गर्ने जो सुकै लाई पनि कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभयो । सहयोगको यस्तो पुनित कार्यमा लाग्नुपर्ने बेलामा पनि कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया