
काठमाडौं, २२ फागुन । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
उनले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपति चयनका लागि यहि फागुन २५ गते मतदान हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट नेम्वाङ उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया